भदौ १४, २०७९ मंगलबार

नेपाल र केन्याबीच आज निर्णायक खेल हुँदै छ । ५ खेलको सिरिजमा २-२ को बराबरी भएको अवस्थामा आजको खेल जित्ने टिमले सिरिज आफ्नो पक्षमा पार्नेछ। 

केन्याको नैरोबीस्थित जिमखाना मैदानमा हुने खेल दिउँसो ३:४५ बजे सुरू हुनेछ। 

यसअघि नेपालले पहिलो टी-२० मा ५ विकेट र तेस्रो टी-२० मा ४ विकेटको जित निकालेको थियो। 

दोस्रो टी-२० माे केन्या १८ रनले विजयी हुँदा हिजो भएको चौथो टी-२० मा उसले ७ रनको जित निकालेको थियो। 

नेपालले हार बेहोरेका दुवै टी-२० मा खराब ब्याटिङ गरेको थियो। दोस्रो टी-२० मा नेपालले १३३ रनको लक्ष्य पूरा गर्न नसक्दा चौथो टी-२० मा १०२ रनको लक्ष्य पार गर्न सकेन।

टी-२० सिरिज खेलिसकेपछि नेपालले तीन एकदिवसीय सिरिज खेल्नेछ। नेपालले पहिलो खेल भदौ १७ गते खेल्नेछ भने दोस्रो खेल भदौ १८ गते तथा तेस्रो तथा सिरिजको अन्तिम खेल भदौ २० गते हुनेछ।