एजेन्सी : इटालियन सिरी 'ए' फुटबलमा एसी मिलानले सहज जित निकालेको छ ।
शनिबार राति भएको खेलमा मिलानले घरेलु टोली पार्मालाई ३-१ गोल अन्तरले पराजित गरेको हो । मिलानको जितमा फ्रान्क केस्सी,राफेल लिओले र अन्टे रिबिकले समान १/१ गोल गरे । त्यस्तै यता पार्माको लागि र रोकार्डो एक सान्त्वना गोल गरे ।
पहिलो हाफमा २-० गोलको अग्रता बनाएको मिलानले दोस्रो हाफमा १ गोल गर्दा १ खोल खाएको थियो ।खेलको आठौं मिनेटमा एन्टी रेबिकले गोल गर्दै मिलानलाई अग्रता दिलाएका थिए ।
त्यस्तै खेलको ४४ औं मिनेटमा फ्रान्क केस्सीले गोल गर्दै मिलानलाई २-० को अग्रता दिलाए । तर खेलको ६० औं मिनेटमा पाहुना टोलि मिलानका ज्लाटन इब्राहिमोबीचले रातो कार्ड पाएपछि मिलान १० खेलाडीमा समेटियो ।
१० खेलाडीमा समेटिएको मिलानले खेलको ६६ औं मिनेटमा गोल खाएको थियो । घरेलु टोलीका लागि रोकार्डोले गोल गर्दै २-१ को स्थितिमा ल्याए । त्यसपछि खेलको अन्तिम मिनेटमा राफेल लिओले गोल गर्दै मिलानलाई ३-१ को जित दिलाए ।
उक्त जितसँगै मिलानले ३० खेलमा ६३ अंक जोडेको मिलान दोस्रो स्थानमा रहेको छ । यता पराजित पार्मा भने २० अंक जोडेर १९ औं स्थानमा रहेको छ ।