भदौ १४, २०७९ मंगलबार

काठमाडौं: अमेरिकी खेलाडी  सेरेना विलियम्सले युएस ओपन टेनिसमा विजयी सुरुआत गरेकी छिन्। न्युयोर्कमा आज बिहान भएको खेलमा मोन्टेनेग्रोकी डन्का कोभिनिकलाई हराएर सेरेनाले सुखद सुरुआत गरेकी हुन्।

२३ पटकको ग्रान्डस्लाम विजेता सेरेनाले कोभिनिकलाई ६–३ र ६–३ को सेटमा पराजित गरिन्। ४० वर्षिया सेरेनाको यो नै अन्तिम प्रतियोगिता हो । उनले युएस ओपनपछि सन्यासको घोषणा गरिसकेकी छिन्।

पुरुषतर्फ रुसी खेलाडी डानिल मेदभेदेबले अमेरिकन खेलाडी स्टेफान कोजलोभलाई पराजित गरे। रुसका नम्बर एक खेलाडी डानिलले स्टेफानलाई ६–२,६–४ र ६–० ले हराए।