सनराईज बैंक लिमिटेड कोष प्रवर्द्धक रहेको सनराईज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सनराइज फर्स्ट म्युचुअल फण्डले आर्थिक वर्ष २०७८-७९ को मुनाफाबाट वितरण गर्ने लाभांशको घोषणा गरेको छ ।
सनराइज क्यापिटल लिमिटेडको सञ्चालक समितिको बैठकले सनराइज फर्स्ट म्युचुअल फण्डका इकाईधनीहरूलाई करसहित १२ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
लाभांशको बुकक्लोज मिति भने क्यापिटलले पछि समर्वजनिक गर्नेछ ।