भदौ १४, २०७९ मंगलबार

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले अनलाइनमार्फत प्रतीतपत्र ९एलसी० तथा बैंक ग्यारेन्टी जारी गर्ने सेवाको सुरुवात गरेको छ ।

बैंकले अत्याधुनिक प्रविधिको विकास एवम् अनुशरण गर्ने क्रममा सबै प्रक्रियामा प्रविधिको एकीकरणलाई प्राथमिकता दिँदै व्यापार सञ्चालन प्रणालीलाई अझै ग्राहकमैत्री बनाउने क्रममा अनलाइनबाट नै प्रतीतपत्र (एलसी) तथा बैंक ग्यारेन्टी जारी गर्ने सेवाको सुरुवात गरेको हो । यो सेवाको सुरुवातसँगै ग्राहकहरूले अनलाइन मार्फत आवेदन फाराम भर्ने, आवेदनको प्रगति निगरानी गर्ने आदि सबै प्रक्रियागत काम एउटै पोर्टलको प्रयोग गरीे सहुलियत अनुसार आफ्नै कार्यालय वा घरमै बसेर सजिलै गर्न सक्ने बताएको छ ।

यसले गर्दा ग्राहकहरू प्रतीतपत्र ९एलसी० वा बैंक ग्यारेन्टी बनाउनु परेमा बैंकमै धाउनुपर्ने झन्झटबाट मुक्त हुनेछन् । साथै यस प्रक्रियाबाट उल्लेखित रूपमै ग्राहक तथा बैंक दुवैको समय, स्रोत र साधन बचत हुने विश्वास लिएको बताएको छ । यो प्रणाली २०७९ भाद्र महिनाबाट लागू भएको छ ।

यससम्बन्धी कुनै समस्या परेमा ग्राहकहरूले बैंकको केन्द्रीय ट्रेड सञ्चालन विभाग, ट्रेड प्रवद्र्धन विभाग, डिजिटल बैंकिङ विभाग वा सम्बन्धित शाखामा सम्पर्क गरी थप जानकारी लिन सक्नेछन् । बैंकले आफ्ना ग्राहकहरूको सुविधालाई मध्यनजर गरीे समय समयमा यस किसिमका नयाँ योजनाहरु ल्याएर ग्राहकहरूलाई फाइदा पुर्याउँदै आएको छ ।

बैंकले शुरु गरेका यस्ता सेवा ग्राहकहरूलाई लाभकारी हुने बैंकको विश्वास लिएको बताएको छ । मुलुकका सतहत्तरै जिल्लामा २८९ शाखा रहेको नेपालको पहिलो निजी क्षेत्रको बैंकले २७२ एटीएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ५२ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८९० भन्दा बढि सेवा केन्द्रबाट ३० लाख भन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान जनाएको छ ।