काठमाडौं: इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी साउथह्याम्पटनसँग पराजित भएको छ।
साउथह्याम्पटनको मैदानमा सुरुआति एक गोलको अग्रता जोगाउन नसक्दा चेल्सीले २–१ हार व्यहोरेको हो।
खेलको २३ औं मिनेटमा रहिम स्ट्रर्लिङले गोल गर्दै चेल्सीलाई सुरुआती अग्रता दिलाएका थिए। तर, खेलको २८ औं मिनेटमा रोमिओ लाभियाले गोल गर्दै साउथह्याम्पटनलाई १९१ गोलको बराबरीमा ल्याए।
त्यसपछि खेलको पहिलो हाफको इन्जुरी समयमा एडम आर्म्सट्रोङले गोल गर्दै साउथह्याम्पटनलाई २(१ को जित दिलाए। जितसँगै साउथह्याम्पटनले ५ खेलमा ७ अंक ओडेको छ। साउथह्याम्पटन सातौं स्थानमा रहेको छ। चेल्सी ७ अंक सहित आठौं स्थानमा रहेको छ।
प्रिमियर लिग अन्तर्गत गएराति नै भएको अन्य खेलमा फुलहमले ब्राइटनलाई २–१ ले हरायो भने क्रिस्टल प्यालेस र ब्रेन्टफोर्डले १–१ गोलको बराबरी खेल्दा लिड्स र एभर्टनले पनि १–१ गोलको बराबरीमा रोकिए।