भदौ १५, २०७९ बुधबार

काठमाडौं: ‘पढौँ पढाऔँ, निरन्तर शिक्षाका लागि पुस्तकालय जाऔँ’ भन्ने नारासहित आज १५औँ पुस्तकालय दिवस आज मनाइँदैछ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गठन गरेको राष्ट्रिय पुस्तकालय दिवस मूल आयोजक समिति, २०७९ को आयोजनामा काठमाडौँस्थित रूसी सदन, कमलपोखरीमा मूल कार्यक्रम हुदैछ।

समारोहमा पुस्तकालय तथा सूचना विज्ञान क्षेत्रमा पुर्‍याएको योगदानको कदरस्वरूप व्यक्ति वा संस्थालाई सम्मान, सामाजिक तथा रचनात्मक क्रियाकलाप उपसमितिद्वारा सञ्चालित निबन्ध प्रतियोगिताका विजयी व्यक्तिहरूलाई प्रशंसापत्र वितरण तथा स्मारिका विमोचन हुने समितिका सदस्य–सचिव यादवचन्द्र निरौलाले जानकारी दिए।

समितिले मताहतका सबै सरोकारवाला तहहरुलाई समेत विविध रचनात्मक कार्यक्रम सञ्चालन गर्न आग्रह गरेको छ।