महेश सिंह । सिरहा, लहान १४ भदौ । सिरहाको लहानमा दया र करुणाका लागि अध्यात्मिक सशक्तीकरण सम्पन्न भएको छ। लहान ७ मा लामो समयदेखि सञ्चालनमा रहेको ब्रह्माकुमारी राज योग सेवा केन्द्रले आयोजना गरेको अध्यात्मिक सशक्तीकरण कार्यक्रममा कयौं अध्यात्मिक व्यक्तिहरुको उपस्थिति रहेको थियो।
भारत राजस्थानका अध्यात्मिक राजयोगी हेमन्त भाइद्वारा मानव जीवनलाई कसरी सार्थक प्रभावकारी बनाउने विषयमा प्रशिक्षण दिएका हुन्। उक्त प्रशिक्षण कार्यक्रममा लहान नगरपालिकाका पूर्वमेयर मुनि साह सुडी, सफटेक कलेजका संस्थापक तथा प्रीन्सिपल डा. महादेव साह, जसपा नेपालका नेता तथा पूर्वमन्त्री राजलाल यादव, पत्रकार महेश सिंह, वीरेन्द्र नेपाललगायतका व्यक्तिहरुको उपस्थिति रहेको राजयोगी बबिन बस्नेतले बताए ।
कार्यक्रमका प्रमुख अतिथि हेमन्त भाइलगायत विशिस्ट व्यक्तिहरुले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरेका ब्रह्माकुमारी राजयोग सेवा केन्द्र लहानका प्रमुखले बताए।