एजेन्सी : जर्मन बुन्डेसलिगा फुटबलमा साविको विजेता बायर्न म्युनिख १-१ गोलको बराबरीमा रोकिएको छ ।
शनिबार साँझ भएको खेलमा बायर्न घरेलु मैदानमै युनिवन बर्लिनसँग रोकिएको हो । निकै प्रतिस्पर्धात्मक बनेको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।
दोस्रो हाफको खेलको ६७औं मिनेटमा घरेलु टोली बार्यनका लागि जमाल मुसियालाले गोल गरि १-० गोलको अग्रता दिलाएका थिए । तर उक्त अग्रता अन्तिम समय सम्म जोगाउन नसक्दा बायर्न अंक बाड्न बाध्य भएको हो ।
पाहुना टोली बर्लिनका लागि खेलको ८४औं मिनमा मार्कस इंग्वार्टसेनले गोल गरि सम्भावित हार बाट जोगाएका थिए ।
उक्त बराबरी सँगै २८ खेलबाट बायर्न ६५ अंकसहित शीर्ष स्थानमा यथावत् रहेको छ । यता बर्लिनको भने समान २८ खेलबाट ४० अंकसहित सातौं स्थानमा उक्लिएको छ ।