भदौ १५, २०७९ बुधबार

नेपाली बजारमा बुधवार सुनको मूल्य तोलामा ८०० रुपैयाँले कम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ कायम गरिएको छ । अघिल्लो दिन उक्त सुनको मूल्य प्रतितोला ९८ हजार ८०० रुपैयाँ थियो । 

त्यस्तै, तेजाबी सुनको मूल्य बुधवार ९३ हजार ५०० रुपैयाँ कायम गरिएको छ । अघिल्लो दिन उक्त सुन ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । 

बुधवार चाँदीको मूल्य पनि १५ रुपैयाँले कम भएको छ । अघिल्लो दिन १ हजार १४५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य प्रतितोला १ हजार १३० रुपैयाँ कायम गरिएको छ ।