ग्रिसका वरिष्ठ पत्रकार योर्गोस काराइवाजको हत्या भएको छ। अपराध बिटका वरिष्ठ पत्रकार काराइवाजको एथेन्सस्थित घर अगाडि शुक्रबार दुई व्यक्तिले कम्तीमा ६ पटक गोली प्रहार गरेका हुन्।
प्रधानमन्त्री किरियागोस मिन्सोताकिसले पत्रकार काराइवाजको हत्याका सम्बन्धीमा द्रूत गतिमा अनुसन्धान गर्न निर्देशन दिएका छन्।
संगठित अपराध र भ्रष्टाचारका विषयमा समाचार लेख्ने पत्रकार काराइवाजको हत्या समाचारकै कारण भएको हो होइन स्पष्ट पारिनु पर्ने प्रेस स्वतन्त्रताको पक्षमा वकालत गर्ने संस्थाहरुले बताएका छन्।
युरोपियन कमिसनकी अध्यक्ष उर्सुला भोन डेर लियनले कायर तवरले भएको हत्याको निन्दा गर्दै न्यायको माग गरेकी छन्।
ग्रिसको निजी टेलिभिजन स्टार टिभी र न्यूज ब्लग ब्लोको डट जिआरमा कार्यरत पत्रकार काराइवाजलाई काम सकेर घर फर्किने क्रममा कारबाट निस्किए लगत्तै गोली हानिएको हो।