भदौ १५, २०७९ बुधबार

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले अतिक्रमित फुटपाथ खाली गराएको छ । अदालतले विभिन्न मुद्दाका शिलशिलामा पक्राउ तथा जफत भएर दसी प्रमाणका लागि अदालत अगाडिको सडकपेटीमा राखिएका सवारी साधनहरू हटाइएको हो । ती सवारीसाधन लामो समयदेखि फुटपाथमा पार्किङ गरेर राखिएका थिए ।