भदौ १५, २०७९ बुधबार

काठमाडौँ । नेपालको बिजुली खरिद–बिक्री गर्न भारतीय दुई कम्पनीबीच समझदारी भएको छ । एनएचपीसी इन्डिया लिमिटेड र पावर ट्रेडिङ कम्पनी पीटीसी इन्डियाबीच पश्चिम सेती र सेती नदी–६ को बिजुली बिक्री गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

नेपालको लगानी बोर्डले अघि बढाएको उक्त आयोजना विकास गर्न भारतको एनएचपिसी लिमिटेडलाई दिने सम्झौता केही दिनअघि मात्रै भएको थियो । यी आयोजनाबाट एनएचपिसीले उत्पादन गर्ने विद्युत् एनएचपिसीले बिक्री गर्ने र पावर ट्रेडिङ कम्पनी (पीटीसी) इन्डियाले खरिद गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको हो ।