एजेन्सी : इंग्लिस प्रिमियर लिग फुटबलमा साविको विजेता लिभरपुलले कठिन जित आत्मसात गरेको छ ।
शनिबार राति भएको खेलमा लिभरपुलले घरेलु मैदानमा एस्टन भिल्लालाई २-१ गोलको पुनरागम जित निकालेको हो । घरेलु टोली लिभरपुलको जितमा मोहम्मद सलाह र अलेक्ज्याण्डर अर्नोल्डले समान १/१ गोल गरे । यता पाहुना टोली भिल्लाको लागि ओली ओर्टकिङले एक गोल गरेका थिए ।
खेलको ४२औं मिनेटमा पाहुना टोली भिल्लाको लागि ओलीले गोल गरि पहिलो हाफभरि १-० गोलको अग्रता दिलाए । तर दोस्रो हाफको खेलको ५६औं मिनेटमा घरेलु टोलीका सलाहले गोल गरि खेल १-१ गोलको बराबरी अबस्थामा ल्याए ।
त्यसपछि खेलको अतिरिक्त समयको दोस्रो मिनेटमा लिभरपुलका अलेक्ज्याण्डरले गोल गरि घरेलु टोलीलाई जित दिलाए ।
उक्त जित सँगै ३१ खेलबाट ५२ अंक जोडेको लिभरपुल पाँचौ स्थानमा उक्लिएको छ । यता पराजित भिल्लाको भने ३० खेलबाट ४४ अंकसहित १०औं स्थानमा रहेको छ ।