काठमाडौं । एसिया कप क्रिकेटमा भारत सुपर फोरमा प्रवेश गरेको छ । गयराति भएको खेलमा हङकङलाई ४० रनले पराजित गर्दै भारत सुपर फोरमा प्रवेश गरेको हो ।
पहिलो खेलमा भारतले पाकिस्तानलाई ५ विकेटले पाखा लगाएको थियो । भारतले २ विकेटमा १९२ रन बनाएको थियो । जवाफमा हङकङले ५ विकेट गुमाएर १५२ रनमात्रै बनाउन सक्यो ।
जितसँगै भारत समूह ए मा शीर्ष स्थानमा रहेको छ । अब हङकङ र पाकिस्तानबीचको खेलले सुपर फोरमा पुग्ने दोस्रो टिम बन्ने छ ।