काठमाडौं: अमेरिकी खेलाडी सेरेना विलियम्सले युएस ओपन टेनिसको तेस्रो चरणमा प्रवेश गरेकी छिन्।
न्युयोर्कमा आज विहान भएको खेलमा दोस्रो वरीयताकी एनेट कोन्टाभेटलाई हराउँदै सेरेनाले तेस्रो चरणमा पुगेको होर सेरेनाले इस्टोनियाकी एनेटलाई ७–६ ९७–४०,२–६ र ६–२ को सेटमा पराजित गरिन्।
४० वर्षिया सेरेनाको यो अन्तिम प्रतियोगिता हो। उनले यूएस ओपनपछि सन्यासको घोषणा गरिसकेकी छिन्।
सेरेनाले तेस्रो चरणमा अष्ट्रेलियाकी अज्ला टोम्ल्जानोविचसँग खेल्ने छिन्।