भदौ १६, २०७९ बिहिबार

काठमाडौँ । नेपाली बजारमा आज सुन–चाँदीको मूल्य घटेको छ।

बुधबार प्रतितोला ८ सय रुपैयाँ घटेको सुनको मूल्य बिहीबार प्रतितोला ९ सय रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ। 

बुधबार छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ११ सय रुपैयाँमा कारोबार भइरहेको छ।

बुधबार चाँदी प्रतितोला ११ सय ३० रुपैयाँमा कारोबार भएको थियो। बुधबारको तुलनामा आज चाँदी प्रतितोला ३० रुपैयाँ घटेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १७ सय ७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।