भदौ १६, २०७९ बिहिबार

काठमाडौँ । महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग बिहीवार २ वटा मात्रै प्रश्न सोधेको छ ।

जबराले झण्डै २ घण्टामा २ वटा प्रश्नको जवाफ दिएका हुन् ।

महाअभियोग सिफारिस समितिले ४४ वटा प्रश्न तयार पारेकोमा हिजो र आज गरी ६ वटा प्रश्न सोधी भ्याएको छ । समितिको अर्को बैठक १९ गते बस्नेछ ।