भदौ १६, २०७९ बिहिबार

कारागारमा रहेका नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहम्मद अफ्ताब आलम रौतहट– २ बाट प्रतिनिधि सभा उम्मेदवारका रूपमा सिफारिसमा परेका छन् । कांग्रेस प्रदेश क्षेत्रीय कार्य समितिले उनको नाम प्रतिनिधि सभा सदस्यको उम्मेदवारका रूपमा सिफारिस गरेको हो । 

उनी कर्तब्य ज्यान मुद्दामा पुर्पक्षका लागि कारागारमा छन् । उनीमाथि जिउँदै मान्छेलाई इँटाभट्टामा हालेर मारेको अभियोग छ ।