भदौ १६, २०७९ बिहिबार

काठमाडौँ । मिटरब्याज पीडित पुनः प्रदर्शनमा उत्रिएका छन् ।


बिहीवार काठमाडौँको माइतीघरबाट सुरु भएको प्रदर्शन सहिदगेट, जमल, हात्तीसार, नागपोखरी हुँदै भाटभटेनी पुगेको थियो ।

प्रदर्शनमा मिटरब्याज पीडितहरूका अलावा बृहत नागरिक आन्दोलनबाट खगेन्द्र सिटौलालगायत अन्य विभिन्न व्यक्तिहरूको समेत उपस्थिति थियो ।

प्रदर्शनकारीहरू बालुवाटारस्थित प्रधानमन्त्री निवास जाने कार्यक्रम रहेको भए पनि प्रहरीले उनीहरूलाई भाटभटेनीमै रोकेको थियो ।