भदौ १६, २०७९ बिहिबार

काठमाडौं: नेपाली चिकित्सा क्षेत्रमा उल्लेख्य योगदान गरेको भन्दै १५ मिहला चिकित्सकलाई आज विशेष सम्मान गरिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले आज सितल निवासमा १५ जनालाई वुमन इन मेडिसिन इन नेपाल २०२२’ अवार्ड प्रदान गरेकी हुन्।

नेपाल चिकित्सक संघले राष्ट्रपति भण्डारी मार्फत १० जनालाई वुमन इन मेडिसिन २०२२ अवार्ड र पाँच जनालाई वुमन इन मेडिसिन लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरेको हो।

नेपालको चिकित्सा क्षेत्रका विभिन्न विधामा महिला डाक्टरले गरेको योगदानको कदर स्वरुप अवार्ड प्रदान गरिएको संघका अध्यक्ष डा लोचन कार्कीले जानकारी दिए। उनका अनुसार संघले गत वर्षदेखि महिला डाक्टरहरुलाई वुमन इन मेडिसिन इन नेपाल अवार्ड दिन सुरु गरेको हो।

यी हुन् यो वर्ष अवार्ड पाउनेहरु
वुमन इन मेडिसिन अवार्ड
१.    प्राडा आश्मा राणा (अबस्टेट्रिसियन एन्ड गाइनेकोलोजिष्ट)
२.    प्राडा रोश्ना अमात्य (एनेस्थेसिया)
३.    डा स्वराज राजभण्डारी (अबस्टेट्रिसियन एन्ड गाइनेकोलोजिष्ट)
४.    डा तीर्था राणा (पब्लिक हेल्थ फिजिसियन)
५.    डा बसुधा खनाल (माइक्रोबायोलोजी)
६.    डा कमला बुढाथोकी (डर्माटोलोजी)
७.    डा लक्ष्मीनानी श्रेष्ठ (अबस्टेट्रिसियन एन्ड गाइनेकोलोजिष्ट)
८.    डा मिरा मल्ल (डेन्टल)
९.   डा उषा शाह (अबस्टेट्रिसियन एन्ड गाइनेकोलोजिष्ट)
१०.    डा मिथिला शर्मा (अबस्टेट्रिसियन एन्ड गाइनेकोलोजिष्ट)

वुमन इन मेडिसिन लाइफ टाइम अचिभमेन्ट अवार्ड
१.    डा नारायणी श्रेष्ठ (अप्थाल्मोलोजी)
२.    डा बिमला ओझा (डर्माटोलोजी)
३.    डा गीता बस्नेत (रेडियोलोजी)
४.    डा रेवा श्रेष्ठ (मेडिकल अफिसर)
५.    डा ओमविक्रम शाह (रेडियोलोजी)