डोल्टी पावर कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।
कम्पनीले १०० रुपैयाँ अंकित दरमा १६ करोड ९ लाख ४५ हजार ८०० रुपैयाँ बराबरको १६ लाख ९ हजार ४५८ कित्ता साधारण सेयर निष्काशन गर्नेछ । कम्पनीले आईपीओ निष्काशनका लागि भदौ १२ गते बिद्युत नियमन आयोगबाट अनुमति पाएको थियो ।
डोल्टी पावरको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको काम एनआईसी एसिया क्यापिटल लिमिटेडले गर्ने छ।