चैत २९, २०७७ आइतबार

एजेन्सी : एएफसि कपको प्रारम्भिक चरण छनोट अन्तर्गत दोस्रो चरणमा नेपाली क्लब त्रिभुवन आर्मीको सामना गर्न  लागेको भारतीय क्लब बेंगलोरले आफ्नो  २९ सदस्यीय टोलीको घोषणा गरेको छ।

सुनिल क्षेत्रीको कप्तानीमा बेंगलोरको रिजर्भ टोलीका पाँच खेलाडीसहितको टोली घोषणा गरेको हो। 

यस्तो छ टोली

* गोलरक्षक - गुर्प्रित सिंह सन्धु, लालथुमविया राल्ते, लारा शर्मा र शरन पडत्तिल

* रक्षापंक्ति - राहुल भेके, प्रतीक चौधरी, जुआन गोन्जालेज, वुङ्गनगायम मुइराङ, अजिथ कुमार, आसिक कुरुनियान, जो जोहेरलियाना, पराग श्रीभास, रोन्डु मसाभु किङ्ग र विश्व दर्जी , एरिक पर्तालु, सुरेश वाङ्गजाम, हर्मान्जोत खब्रा, नाम्ग्याल भुटिया, इमानुयल लालचन्चुआ, दमैतफाङ ल्याङ्दो र मोहम्मद इनायाथले बेङ्गलुरुको मध्यभागमा रहनेछन्।

* अग्रपंक्ति - कप्तान सुनिल क्षेत्री, एडमन्ड लालरिन्डिका, उदन्त सिंह, स्लेइटन सिल्भा, लियोन अगस्टाइन, नाओरेम रोशन सिंह, शिवशक्ति नारायनन र आकाशदिप सिंह

त्यस्तै मार्को पेजाइओलि बेंगलोरका मुख्य प्रशिक्षकको रुपमा पहिलो खेल हुनेछ। उक्त खेल ब्याम्बोलिनस्थित जिएमसि रंगशालामा एप्रिल आगामी १४ अप्रिलमा अर्थात् बैशाख १ गते हुँदैछ ।

यस् खेलमा विजयी बन्ने टोली प्रारम्भिक चरणको फाइनलमा प्रवेश गर्नेछ। फाइनल २१ एप्रिलमा रहेको छ।