भदौ १७, २०७९ शुक्रबार

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले बिहीबार लगातार तेस्रो जीत निकालेको छ । किंग पावर स्टेडियममा भएको खेलमा लेस्टर सिटीलाई युनाइटेडले १-० ले पराजित गरेको हो ।

खेल सुरु भएको २३औं मिनेटमा मार्कस रसफोर्डले दिएको पासको सदुपयोग गर्दै जाडोन सान्चोले गोल गरेका थिए । युनाइटेडले यसअघि लिभरपुल र साउथह्याम्पटनलाई पराजित गरेको थियो ।

यो जितपछि युनाइटेडको पाँच खेलबाट नौ अंकसँगै पाँचौं स्थानमा उक्लिएको छ भने लेस्टर अहिलेसम्म जितविहीन छ । लेस्टर पाँच खेलबाट एकै अंकमा सीमित रहेर अंकतालिकाको सबैभन्दा अन्तिम स्थानमा छ ।