भदौ १७, २०७९ शुक्रबार

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबार एक सूचना सार्वजनिक गर्दै रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । बैंकले सहायक निर्देशक प्रशासन (अधिकृत तृतीय) १८ जना, सहायक निर्देशक (अधिकृत तृतीय) प्राविधिक (सुप्र) १ जना र प्रशासनतर्फ सहायक द्वितीय पदमा २४ जनाका लागि दरखास्त आह्वान गरेको हो । 

अनलाइनमार्फत आजदेखि असोज १६ गतेसम्म आवेदन दिन सकिने बैकद्वारा जारी सूचनामा उल्लेख छ ।