यो साता सुनको मूल्य २ हजार ८ सय रुपैयाँले घटेको छ । सातामा पाँच कारोबार दिन सुनको मूल्य घटेको छ भने एक दिन बढेको छ।
यस साता सुनको मूल्य आइतबार प्रतितोला ७ सय रुपैयाँ, सोमबार प्रतितोला ६ सय रुपैयाँ, बुधबार प्रतितोला ८ सय रुपैयाँ, बिहीबार प्रतितोला ९ सय रुपैयाँ र शुक्रबार प्रतितोला १ सय रुपैयाँले घटेको हो।
मंगलबार भने सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले बढेको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १ सय रुपैयाँ घटेको हो।
बिहीबार छापावाल सुन प्रतितोला ९३ हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, शुक्रबार चाँदीको मूल्य भने बढेको छ। आज चाँदी प्रतितोला ११ सय पाँच रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदी प्रतितोला ११ सय रुपैयाँमा कारोबार भएको थियो। बिहीबारको तुलनामा आज चाँदी प्रतितोला पाँच रुपैयाँ बढेको हो।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १७ सय अमेरिकी डलरमा कारोबार भइरहेको छ।