भदौ १७, २०७९ शुक्रबार

काठमाडौं । डिजेल र मट्टीतेल प्रतिलिटर ६ रुपैयाँले बढेको छ । पेट्रोल, ग्यास र हवाई इन्धनको भाउ भने यथावत् रहेको नेपाल आयल निगमले जनाएको छ ।

निगमले बिहीबार राति १२ बजेबाट लागु हुने गरेर डिजेल १७८ रुपैयाँ प्रतिलिटर र मट्टीतेलको पनि प्रतिलिटर १७८ रुपैयाँ नै पुगेको निगमले जनाएको छ । त्यसैगरी पेट्रोल, आन्तरिक हवाई इन्धन तथा खाना बनाउने ग्यासको भाउ भने यथावत् नै रहेको निगमले जनाएको छ ।

इन्डियन आयल कर्पोरेसन ९आईओसी० ले मूल्य घटाएर पठाउँदा मूल्य समायोजन गर्न अटेरी गरेको नियमले बढ्नासाथ नयाँ मूल्य सूची सार्वजनिक गरेको हो ।