भदौ १७, २०७९ शुक्रबार

निर्णायक खेलमा बंगलादेशलाई २ विकेटले पराजित गर्दै श्रीलंका एसिया कप टी–२० क्रिकेटको सेमिफाइनलमा पुगेकोछ। 

बिहीबार भएको समूह बी दोस्रो तथा निर्णायक खेलमा बंगलादेशले दिएको हाइ स्कोरिङ लक्ष्य चेज गर्न श्रीलंका सफल रह्यो। 

पहिलो ब्याटिङ गरेको बंगलादेशले  श्रीलंका सामु १८५ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफमा श्रीलंकाले उक्त लक्ष्य चार बल बाँकी हुँदा आठ विकेट गुमाएर पूरा गर्‍यो। जितसँगै समूह बीबाट सेमिफाइनल पुग्ने दुवै टमको तय भइसकेको छ। अफगानिस्तान र श्रीलंकाले अन्तिम चारमा स्थान पक्का गरे।

श्रीलंकाको जितमा ओपनर कुशल मेन्डिसलेले सर्वाधिक सानदार इनिङ खेले। उनले ३७ बलमा ४ चौका र ३ छक्काको सहयोगमा ६० रन बनाउँदा कप्तान दसुन सनाकाले ३३ बलमा ३ चौका र २ छ्क्का प्रहार गर्दै ४५ रन बनाए।  

पथुम निसानकाले २० रन बनाउँदा चमिका करुनारत्नेले १६ रन बनाए। बंगलादेशका लागि एवादत होसेनले ३ विकेट लिँदा तस्किन अहमेदले २ विकेट लिए। त्यस्तै मुस्ताफिजुर रहमान र मेहदी हसनले समान १–१ विकेट लिए।  

त्यसअघि दुबई अन्तराष्ट्रिय मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८३ रनको स्कोर तयार गरेको थियो। बंगलादेशका लागि ओपनर मेहिदि हसन मिराजले ३८ रन बनाउँदा कप्तान सकिब अल हसनले २४ रन जोडे। उसका लागि मध्यक्रमले समालिएर ब्याटिङ गर्दा चुनौतीपूर्ण लक्ष्य दिन सफल भयो।

त्यस्तै अफिफ होसेनले २२ बलमा ३९ रन बनाउँदा ममुदुल्लाहले २७ रनको स्कोर बनाए। त्यस्तै मसादिक होसेइनले ९ बलमा २४ रनको नटआउट इनिङ खेल्दा उनलाई तस्किन अहमेदले ११ रनमा साथ दिए। श्रीलंकाका लागि वानिन्दु हसरंगा र चमिका करुनारत्ननेले समान २२ विकेट लिएका थिए।