भदौ १७, २०७९ शुक्रबार

काठमाडौँ — शुक्रबार नेप्से परिसूचक १.६७ अंकले घटेर १९७० मा कायम भएको छ । आज सेयर बजारमा ६९ करोड ८८ लाख रुपैयाँको कारोबार भएको छ ।

 

कुल ७३ कम्पनीको मूल्य बढ्दा ९७ को घट्यो भने १७ को स्थिर रह्यो । बैंकिङ १.७, विकास बैंक ९.६, फाइनान्स ५.१, होटल तथा पर्यटन ७.५, जीवन बीमा ५.६, उत्पादन २२.९, निर्जीवन बीमा ३१ र व्यापार उपसमूह ०.४ अंक घटे । अन्य ७.२ र जलविद्युत् उपसमूह भने ०.९ अंक बढे । सपोर्ट माइक्रोफाइनान्स र रुरु जलविद्युत्‌को मूल्य ९ प्रतिशत बढ्यो । कारोबार रकमका आधारमा नेपाल टेलिकम सबैभन्दा अगाडि रह्यो । सो कम्पनीको १० करोडको कारोबार हुँदा मूल्य प्रतिकित्ता ३ रुपैयाँ घटेर ९१२ रुपैयाँमा झरेको छ । कारोबार रकमका आधारमा टेलिकमपछि नबिल, अरुणकाबेली, रिडी र शिवम् सिमेन्ट क्रमश: अगाडि रहे ।