भदौ १७, २०७९ शुक्रबार

काठमाडौँ । शुक्रबार प्रतिनिधिसभामा मिडिया काउन्सिल विधेयकमाथिको छलफलमा भाग लिँदै नेपाली काँग्रेसका सांसद प्रकाश रसाईलीले मिडियालाई व्यवस्थित बनाउन प्रतिष्ठान बनाउन आवश्यक रहेको बताएका छन् ।  रसाइलीले पत्रकारहरुले पनि लोकसेवा जस्तो सामान्य परीक्षा लिने व्यवस्था गरिएमात्र स्वतन्त्र पत्रकारिताको गरिमा रहने बताए । 


पत्रकारिता र मिडिया राज्यको चौथो अंग हुनै नसक्ने भन्दै स्वतन्त्र पत्रकारिताको गरिमा रहने गरी व्यवस्थापन गर्नुपर्ने उनको भनाइ छ ।


उनले लोकतन्त्रको सुन्दर पक्ष मिडिया भएकाले मिडियाले राज्यका विरुद्ध मात्रै नभई समाजका हरेका विकृति विसंगतिलाई बाहिर ल्याउने भएकाले अहिलेको अवस्थामा त्यो सम्म्भव नहुने दाबी गरे ।