काठमाडौँ । काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सहसचिव बसन्त अधिकारी सरुवा भएर आएका छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अधिकारीलाई प्रमुख प्रशासकीय अधिकृतका रूपमा सरूवा गरेको हो।
अधिकारी करिब साढे दुई वर्षदेखि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा प्रवक्ताको जिम्मेवारीमा थिए।
उनी आइतबारदेखि महानगरको कार्यालयमा जाँदै छन्।
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत रहेका लोकनाथ पौड्याललाई संघीय मन्त्रालयकै अतिरिक्तमा ल्याइएको छ।
महानगरमा पहिले सचिवको दरबन्दी थियो। तर केही समयदेखि सहसचिव पठाउन थालिएको छ।
मन्त्रालयले अधिकारीसहित १० सहसचिवको सरूवा गरेको थियो।