नेपालमार्ग, काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमानसिंह राउतले न्यायिक स्वच्छता, शुद्धता र पवित्रता कायम राख्नुपर्ने बताएका छन् । काठमाण्डौँ जिल्ला अदालत बार एसोसिएसनको शुक्रबार आयोजित वार्षिक साधारणसभा तथा पदभार हस्तान्तरण कार्यक्रममा बोल्दै न्यायाधीश राउतले न्यायिक शुद्धता कायम राख्न नसक्दा न्यायपालिकाको शीर निहुरिने बताएका हुन् ।
न्यायपालिकाको गरिमा कायम राख्न नसक्दा सिङ्गो मुलुकले नै ठूलो मूल्य चुकाउनुपर्ने बताउँदै न्यायाधीश राउतले न्यायिक क्षेत्रमा सक्रिय व्यक्तिहरूलाई रक्षा-कवज बन्न आग्रह गरेका छन् । अदालतमाथि अनुचित र स्वार्थपूर्ण प्रहार हुन थाल्यो भने न्यायपालिका कमजोर हुने भन्दै उनले चिन्ता व्यक्त गरेका छन् ।