भारतमा एकैदिन डेढ लाख भन्दा धेरै मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ।
भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बितेको २४ घण्टामा १ लाख ५२ हजार ८ सय ७९ जना नयाँ संक्रमित फेला परेका जानकारी दिएको छ।
कोरोना संक्रमणका कारण २४ घण्टामा ८ सय ३९ जनाको मृत्यु भएको पनि मन्त्रालयले जानकारी दिएको छ।
अहिले भारतमा सक्रिय कोरोना संक्रमितको संख्या ११ लाख भन्दा धेरै छ।
हालसम्म भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख ६९ हजार २ सय ७५ पुगेको छ।