काठमाडौं : छैटौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज आइतबार दोस्रो क्वाटरफाइनलकाे खेल हुदैछ ।
विराटनगरस्थित सहिद रङ्गशालामा साँझ ६:३० बजेबाट सुरु हुने खेलमा ए डिभिजन च्याम्पियन मछिन्द्र क्लब काठमाडौंले भारतीय पञ्जाब पुलिसको सामना गर्दैछ ।
त्यसअघि पञ्जाबले शनिबार पेनाल्टी सुटआउटमा गोरखा ब्वाइज क्लब रुपन्देहीलाई ४–२ गोलले हराउँदै अन्तिम आठमा स्थान बनाएको थियो । त्यस्तै पञ्जाब पुलिसलाई हराउँदै मछिन्द्र अघिल्लो चरणमा प्रवेश गर्ने योजनाको साथ मैदान उत्रिदै छ । यतन पञ्जाब पुलिसले पनि मछिन्द्रलाई पराजित गरेको अवस्थामा सेमिफाइनल प्रवेश गर्नेछ ।
त्यस्तै भारतको वेस्ट बङ्गाललाई ३–० ले हराउँदै विराटनगर ११ सेमिफाइनलमा प्रवेश गरिसकको छ ।