चैत २९, २०७७ आइतबार

काठमाडौं : एएफसि कपको प्रारम्भिक चरण छनोट अन्तर्गत दोस्रो चरणमा खेलका लागि त्रिभुवन आर्मी फुटबल क्लब भारतको गोवा प्रस्थान गरेको छ ।  

आगामी बैशाख १ गते बुधबार बेंगलोरविरुद्धको खेलका लागि आर्मी आज (आइतबार) गोवा प्रस्थान गरेको हो । एएफसीको खेलतालिकाअनुसार आर्मीले आगामी बुधबार अर्थात् १४ अप्रिलमा हुनेछ । उक्त खेल जीएमसी एथलेटिक रङ्गशालामा हुनेछ ।

एफसी कप २०२१ अन्तर्गत दक्षिण प्रारम्भिक चरणको पहिलो छनोट खेल हुन लागेको हो । जसअन्तगर्त पहिलो चरणमा त्रिभुवन आर्मीले श्रीलङ्काली पुलिसको सामना घरेलु मैदानमा गरेको थियो ।

उक्त खेलमा फराकिलो अन्तरको जित हात पारेको आर्मीले दोस्रो चरणमा बेंगलोरको सामना गर्दै छ ।

दोस्रो चरणको विजेता टोलिले अम्बानी लिमिटेड ढाका र क्लब इगल्स (माल्दिभ्स) बीचको खेलको विजेतासँग खेल्नेछ । उक्त खेल वैशाख ८ मा हुनेछ ।