भदौ १९, २०७९ आइतबार

काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग सिफारिस समितिको बैठक आज तेस्रो दिन पनि बस्दै छ ।


जबराको बयानका लागि ४३ वटा प्रश्न तयार गरिएका थिए तर उनले दुई दिनमा ६ वटा प्रश्नको मात्र जवाफ दिएका छन् । जबरालाई सोधिने प्रश्नहरु बाँकी रहेकाले आज बिहान ११ बजेबाट पुनः बयान हुने बताइएको छ ।