भदौ १९, २०७९ आइतबार

काठमाडौँ । जोमसोमका लागि पोखराबाट आइतबार बिहान उडेको समिट एयरको जहाजमा समस्या भएपछि पोखरा विमानस्थलमा आपत्कालीन अवतरण भएको छ । 


पोखरा विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीका अनुसार ७ बजेर ५९ मिनेटमा उडेको जहाज पोखराका आकाशमा एक फन्को मारेर ७ मिनेटपछि आपत्कालीन अवतरण भएको हो । उक्त जहाजमा १८ जना यात्रु थिए ।
 
उडेको केहीबेरमै पाइलटले इन्डिकेसनमा समस्या देखिएको संकेतको जनाउ पोखरा विमानस्थलको टावरलाई दिएका थिए । तत्कालै पाइलटले दाहिने इन्जिन अफ गरी पोखरा विमानस्थलमै जहाज अवतरण गराएका हुन् ।