काठमाडौँ । सृजनशील लघुवित्त वित्तीय संस्थाको साधारण सेयरमा आवदेन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले यही भदौ १५ गतेदेखि सर्वसाधरणका लागि साधारण सेयरको आवेदन खुलाएको थियो ।
लघुवित्तले जारी पुँजीको ३६ प्रतिशतले हुन आउने ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५९ कित्ता आइपीओ बिक्रीमा ल्याएको थियो ।