काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा भारतीय स्थल सेनाध्यक्ष मनोज पांडे आज नेपाल आउँदै छन् । भारतीय स्थल सेनाध्यक्ष पांडे पाँच सदस्यीय प्रतिनिधिसहित नेपाल आउने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ ।
पांडेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले एक विशेष समारोहका बीच नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम छ ।
यस्तै भारतीय सेनाध्यक्ष पांडेले प्रधानमन्त्री शेरबहादुर देउवासहितका उच्च पदस्थ अधिकारीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । नेपाल र भारतबीच एक अर्का देशका प्रधानसेनापतिलाई मानार्थ सेनापतिको दर्जा दिने परम्परा रहेको छ ।