एजेन्सी : इटालियन सिरी ए फुटबलमा साविको विजेता युभेन्टसले जेनोआको सामना गर्दै ।
नेपाली समयअनुसार आज साँझ ६:४५ बजेबाट सुरु हुने उक्त खेल युभेन्टसको घरेलु मैदानमा हुनेछ । जारी सिजन उपाधि होडमा निकै कम्जोर देखिएको युभेन्टसले आजको खेलमा सहज जित निकाल्दै शीर्ष स्थानको एसी मिलान सँग अंक दुरी छोट्याउने योजनमा रहेको छ । तर यता पाहुना टोली जेनोआ पनि घरेलु टोलीलाई दबाब दिदै खेल आफ्नो पक्षमा पार्ने योजनामा रहेको छ ।
जारी सिजन कुल २९ खेलबाट ५९ अंक बनाएको युभेन्टस तेस्रो स्थानमा रहेको छ । ऊ शीर्ष स्थानको इन्टर मिलान र दोस्रो स्थानको एसी मिलान भन्दा क्रमशः १२ र ४ अंकले पछि रहेको छ । यधपी एसी मिलानले युभेन्टस भन्दा एक खेल बढी खेलेको छ ।
आजको खेलमा युभेन्टसले जित निकालेमा एसी मिलान सँग अंक १ मा झार्न छ । यता पाहुना टोली जेनोआको भने २९ खेलबाट ३२ अंकसहित १३औं स्थानमा रहेको छ ।