काठमाडौँ । घरजग्गाको कारोबार गर्न लाइसेन्स लिनुपर्ने गरी सरकारले कानुन संशोधन गर्न लागेको छ । कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दीले प्रतिनिधिसभामा पेश गरेकोउक्त विधेयकमा लाइसेन्स लिएर मात्रै घरजग्गा कारोबार गर्न पाइने भन्ने व्यवस्था छ ।
मन्त्री बन्दीले भदौ १७ गते सो विधेयक दर्ता गराएका थिए । दर्ता भएको विधेयकमा मालपोत ऐन २०३४ को परिच्छेद ७ पछि परिच्छेद ७ (क) थप गर्ने भनिएको छ । थप गरिएको व्यवस्थामा घरजग्गासम्बन्धी कारोबार गर्न इजाजत लिनुपर्ने भन्ने व्यवस्था छ भने इजाजत नलिई कारोबार गरे कारबाही हुने भनिएको छ ।