भदौ १९, २०७९ आइतबार

संसद्को महाभियोग सिफारिस समितिले आइतबार पनि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासँग सिंहदरबारमा एक घण्टा बयान लिएको छ । बयानमा समिति सदस्यहरूले पाँच वटा प्रश्न सोधेका थिए।

ती प्रश्नमा सशस्त्र प्रहरी बलका पूर्वडिआइजी रञ्जन कोइरालाको मुद्दामा राणाको इजलासले गरेको फैसलाबारे पनि सोधिएको थियो।

समिति सदस्य नेपाली कांग्रेसका सांसद मीन विश्वकर्माले उक्त प्रश्नमा राणाले आफूले विवेक प्रयोग गरेको जवाफ दिएको जानकारी दिए।

समितिले राणालाई सोध्ने भनेर ४३ वटा प्रश्न तयार पारेको छ।

बाँकी प्रश्नहरूबारे बयान लिन राणालाई भदौ २५ गते फेरि बोलाइएको छ।