भदौ १९, २०७९ आइतबार

काठमाडौं: स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले लगातार चौंथो जित निकालेको छ। गएराति भएको खेलमा रियलले रियल बेटिसलाई २–१ गोल अन्तरले हराएको हो।

रियलको जितमा भिनिसीयस जुनियर र रोड्रिगोले एक एक गोल गरे। बेटिसका सेर्जियो कानालेसले एक गोल फर्काए। जितसँगै रियलले ४ खेलमा १२ अंक जोडेको छ। रियल शीर्ष स्थानमा रहेको छ। पराजित बेटिस ९ अंक जोडेर तेस्रो स्थानमा छ।

गएराति नै भएको अर्को खेलमा बार्सिलोनाले सेभियालाई ३–० गोलले पराजित गरेको छ। बार्सिलोनाको जितमा राफिन्हा, रोबर्ट लेवान्डोस्की र एरिक ग्रासियाले एक–एक गोल गरे। 

यो जितसँगै बार्सिलोना ४ खेलबाट १० अंक जोडेर लिगको दोस्रो स्थानमा छ। पराजित सेभिया ४ खेलबाट एक अंकसहित १७ औँ स्थानमा छ।

त्यस्तै मालोर्का र जिओनाले एक–एकको बराबरी खेल्दा रियल सोसिडाडा र एथ्लेटिको मड्रिड पनि १–१ को बराबरीमा रोकिए।