एजेन्सी : छैटौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगितामा पाहुना टोली पञ्जाब पुलिससेमिफाइनलमा प्रवेश गरेको ।
आइतबार भएको दोस्रो क्वार्टरफाइनल खेलमा ‘ए’ डिभिजन लिग विजेता मछिन्द्र क्लब काठमाडौँलाई २-० गोलले हराउँदै पञ्जाब पुलिसले अन्तिम चारमा स्थान पक्का गरेको हो ।
विराटनगरस्थित सहिद रङ्गशालामा पन्जाबलाई जिताउन राजवीर सिंह र महावीर सिंहले समान १/१ गोल गरे । पहिलो हाफमा १-० गोलको अग्रता बनाएको पञ्जाबले दोस्रो हाफमा थप १ गोल गरेको थियो ।
उक्त जितसँगै पञ्जाब सेमिफाइनल पुग्ने दोस्रो टोली बनेको छ । यसअघि भारतको युनाइटेड फुटबल क्बल वेस्ट बङ्गाललाई ३–० ले हराउँदै विराटनगर ११ सेमिफाइनलमा प्रवेश गरिसकको छ ।