भदौ १९, २०७९ आइतबार

काठमाडौँ । नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसका अवसरमा मोदीवेणी बृद्धाश्रमका ज्येष्ठ नागरिकहरूलाई खाद्यान्न वितरण गरिएको छ ।

उक्त अवसरमा जिल्ला कार्यसमिति पर्वतद्वारा वृद्धाश्रमका ज्येष्ठ नागरिकहरूको स्वास्थ्य परीक्षणसमेत गरिएको हो । कार्यक्रममा प्रमुख अतिथिका रूपमा आफ्नो मन्तव्य राख्दै नेपाल तरुण दलका  अध्यक्ष विद्वान गुरुङले कर्मचारीहरूबाट मुस्कानसहितको सेवा जनतालाई दिन सकियो भने मात्र देशमा सुशासन कायम हुने बताए ।


मोदीवेणीका जेष्ठ नागरिकहरूले  नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्यसमिती पर्वतलाई धन्यवाद दिएका छन् ।