काठमाडौं: इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटी बराबरीमा रोकिएको छ।
गएराति भएको खेलमा सिटीले एस्टन भिल्लासँग १–१ गोलको बराबरी खेलेको हो।एस्टनको मैदानमा सुरुआती एक गोलको अग्रता जोगाउन नसक्दा सिटी बराबरीमा रोकिएको हो। बराबरीसँगै सिटीले ६ खेलमा १४ अंक जोडेको छ। सिटी लिगको दोस्रो स्थानमा उक्लिएको छ।
यस्तै गएराति नै भएको खेलमा लिभरपुल एभर्टन बराबरीमा रोकिएको छ। एभर्टनको मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोल गर्ने राम्रा अवसर गुमाएका थिए।
त्यस्तै चेल्सीले वेस्ट ह्यामलाई २–१ गोल अन्तरले हराएको छ। घरेलु मैदानमा एक गोलको अग्रता उल्टाएर चेल्सीले जित निकालेको हो। जितसँगै चेल्सीले ६ खेलमा १० अंक जोडेको छ। चेल्सी पाँचौं स्थानमा उक्लिएको छ।