भदौ १९, २०७९ आइतबार

काठमाडौँ । नेपाल भलिबल संघको अध्यक्ष पदमा जितेन्द्र चन्दले उम्मेदवारीको घोषणा गरेका छन् । वर्तमान भलिबल संघका महासचिव चन्दले नयाँ कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् ।


उनले आइतबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् । चन्दले आफूले महासचिव पदमा रहेको समयमा नेपाली भलिबल क्षेत्रमा राम्रो योगदान गरेको र यसलाई अझै पूर्णता दिलाउन अध्यक्षमा उम्मेदवरी दिन लागेको बताए ।