भदौ १९, २०७९ आइतबार

काठमाडौँ । शुक्रबार हुँदै आएको सेयर कारोबार बन्द हुने भएको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्सेले सेयर कारोबार बन्द गर्ने भएको हो ।

आइतबार बसेको नेप्से सञ्चालक समितिको बैठकले शुक्रबार सेयर बारोबार असोजबाट बन्द गर्ने निर्णय गरेको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिए ।