काठमाडौँ । इन्द्रचोक र असन क्षेत्रका अवैध पसल तथा व्यवसायिक संरचना हटाइने भएको छ ।
काठमाडौँ महानगरपालिकाले मन्दिर तथा सम्पदा क्षेत्रमा अवैध रूपमा सञ्चालन भइरहेको पसल हटाउन २४ घण्टे अल्टिमेटम दिएको हो ।
महानगरले काठमाडौँ २५ नम्बर वडा कार्यालयले एक सूचना जारी गर्दै इन्द्रचोकस्थित सन्तानेश्वर महादेव मन्दिर वरिपरिको खास्तो व्यापार, भेडास्थित श्री भवानी शंकर मन्दिर क्षेत्रमा नौदेबल (माटोको भाँडाकुँडा) लगायत अन्य व्यापार व्यवसाय हटाउन निर्देशन दिएको हो ।