चैत ३०, २०७७ सोमबार

 

भारतमा जारी ईण्डियन प्रिमियर लिग(आईपिएल)को तेस्रो खेलमा कलकत्ता नाईटराईडर्स विजयी भएको छ ।सनराईजर्स हैदराबादलाई १० रनको झिनो अन्तरले पराजित गर्दै कलकत्ताले यस संस्करणको आईपिएलमा विजयी सुरुवात गरेको हो। 

चेन्नाईमा पहिले टस हारेर पहिले ब्याटिङ गरेको कलकत्ताले नितिस रानाको ८० रनको पारीको मद्दतमा निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै १८७ रन बनाउन सफल भयो। उसका राहुल त्रिपाटीले ५३ तथा विकेट किपर दिनेश कार्तिकले २२ रन बनाएको इनिङमा हैदरबादका रसिद खान तथा मोहम्मद नाबिले समान २/२ विकेट लिए।  

१८८ रनको लक्ष्य पछ्याएको हैदराबाद निर्धारित २० ओभरमा ५ विकेट गुमाउदै १७७ रनमा समेटियो उसका लागि मनिस पाण्डे र जोनी बेयस्ट्रो दुवैले अर्ध शतक बनाए पनि टिमलाई जित दिलाउन भने सकेनन्। कलकत्ताका लागि प्रसिद कृष्नाले २ विकेट लिएभने प्याट कमिन्स,आन्द्रे रसल र साकिब अल हसनले समान १/१ विकेट हात पारे। 

आईपिएलको आजको खेलमा पन्जाब किंग्स र राजस्तान रोयल्स खेल्ने छन्।